काठमाडौं । लाभांशको एजेन्डा पारित गर्न श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले ११% लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७.७०% बोनस सेयर र ३.३०% नगद गरी कुल ११% लाभांश लाभांश दिन लागेको हो । सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि सभामा रहेका छन् । सभाको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्दैछ । पुस २१ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्