×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, पिएसओ सेटलमेन्ट जस्ता भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिने

GLOBAL IME BANK
SHREE KESH

सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, पिएसओ सेटलमेन्ट जस्ता भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिने

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । बैंक र क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणकोको लागि औपचारिक रुपमा सम्झौता भएको हो । सिद्धार्थ बैंकका तर्फबाट पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन र नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट-टु-पे तथा इ-म्यान्डेटका उपकरणहरु विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन-रियल टाइम तथा ओपन एपिआइकामार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: