×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोल्टी होटेल लिमिटेडमा नयाँ संचालक समिति गठन

LAXMI SUNRISE BANK

सोल्टी होटेल लिमिटेडमा नयाँ संचालक समिति गठन

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोल्टी होटेल लिमिटेडमा नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको मङ्सिर २८ गते सम्पन्न साधारणसभाले नयाँ संचालक समिति गठन गरेको हो । कम्पनीको संचालक समितिमा संस्थागत सेयरधनीहरु मध्येबाट नियुक्त ५ जना र सर्वसाधारण सेयरधनीहरु मध्येवाट निर्विरोध निर्वाचित भएका ३ जना संचालक र १ जना स्वतन्त्र संचालक गरी ९ जना रहेको नयां संचालक समिति गठन भएको हो ।
जस अनुसार संस्थागत सेयरधनी सोल्टी ईन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्न सो संस्थाको तर्फबाट नियुक्त भएका ४ जना संचालकमा दिनेश बहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजेश काजि श्रेष्ठ र जया राज्यलक्ष्मी शाह, तथा नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्न सो संस्थाको तर्फबाट नियुक्त भएका १ जना संचालकमा गणेश बहादुर चन्द नियुक्त भएका छन् । दिनेश बहादुर विष्ट कम्पनीका कार्यकारी अध्यक्ष चयन भएका छन् ।
यस्तै कम्पनीका सर्बसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्न सर्बसाधारण सेयरधनीहरुको तर्फबाट निर्विरोध निर्वाचित भएका ३ जना संचालकमा शशीराज पाण्डे, निरञ्जन कुमार टिवरेवाला र प्रकाश विक्रम खत्री रहेका छन् । त्यसैगरी, कम्पनीको ४७औं वार्षिक साधारण सभाले दीपक राज जोशी, मण्डिखाटार, काठमाण्डौंलाई सर्वसम्मतीबाट स्वतन्त्र संचालक चयन गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी