×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार झिनो अंकले बढ्यो सेयर बजार, नेप्से परिसूचक २५२४.६० बिन्दुमा पुग्दा ३ अर्ब ६२ करोडमाथिको कारोबार

PRIME CA

बुधबार झिनो अंकले बढ्यो सेयर बजार, नेप्से परिसूचक २५२४.६० बिन्दुमा पुग्दा ३ अर्ब ६२ करोडमाथिको कारोबार

१४ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ५२ करोड ५५ लाख ८० हजार ५०४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ५ समूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यस्तै बुधबारको सेयर बजारमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । नारायणीको सेयरमा यस्तो गिरावट आउँदा समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स, महालक्ष्मी विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, जोशी हाईड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ५२ करोड ५५ लाख ८० हजार ५०४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, मञ्जुश्री फाइनान्स, नेपाल बङ्गलादेश बैंक, शिभम् सिमेन्ट, गोर्खाज फाइनान्स, एग्रिकल्चर डेभलपमेन्ट बैंक, अपी पावर कम्पनी, एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनी र नेपाल बङ्गलादेश बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयर, प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, आरएमडिसि लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: