×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार झिनो अंकले घट्यो सेयर बजार, कुन सेयरमा लगानीकर्ताको देखियो त रुची ?

PRIME CA

मंगलबार झिनो अंकले घट्यो सेयर बजार, कुन सेयरमा लगानीकर्ताको देखियो त रुची ?

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८.९९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २६ करोड ३९ लाख ४३ हजार ५२७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ६ समूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यस्तै मंगलबारको सेयर बजारमा गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । गोर्खाजको सेयरमा यस्तो गिरावट आउँदा सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, यूनाइटेड इदि मर्दि आरबि हाईड्रोपावर, प्रभु सेलेक्ट फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २६ करोड ३९ लाख ४३ हजार ५२७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, मञ्जुश्री फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, शिभम् सिमेन्ट, अपी पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नेपाल हाइड्रो डेपलोपर्स, जानकी फाइनान्स, गुडविल फाइनान्स, घलेम्दी हाइड्रो, श्री इन्भेष्टमेन्ट फाइनान्स, शिभम् सिमेन्टका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: