×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामलिङ र न्यादीसहित अन्य ३ कम्पनीका लगानीकर्ताले मनग्य कमाए, यी कम्पनीमा लगानी गर्नेले पनि मज्जैसँग पैसा छापे !

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १४ करोड ५३ लाख ९३ हजार ०९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ४ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यसैगरी बुधबारको सेयर बजारमा सामलिङ पावर कम्पनी, न्यादी हाईड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा समृद्धि फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, छ्याङदी हाईड्रोपावर कम्पनी, माउन्टेन हाईड्रो नेपाल, नेपाल हाईड्रो डेपलोपर्स, शिभ श्री हाईड्रोपावर, जानकी फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा आईसिएफसि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । आईसिएफसिको सेयरमा यस्तो गिरावट आउँदा यूनाइटेड इन्स्योरेन्स कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, प्रुडिन्सियल इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १४ करोड ५३ लाख ९३ हजार ०९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, महिला लघुवित्त वित्तीय संस्था, नेशनल हाईड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, मुक्तिनाथ विकास बैंक, समृद्धि फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: