काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १७ करोड १५ लाख ९३ हजार १२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यसैगरी सोमबारको सेयर बजारमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यसकम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा एक्सेल डेभलपमेन्ट बैंक, साहस उर्जा कम्पनी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल, घलेम्दी हाईड्रोका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । जनउत्थानको सेयरमा यस्तो गिरावट आउँदा न्यादी हाईड्रोपावर, राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयर, युनिलिभर नेपाल, एनएमबि ५० मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १७ करोड १५ लाख ९३ हजार १२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, नेपाल बैंक, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, अपर तामाकोशी हाईड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्