काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १३७.१८ अंकले बढेर २४१८.८४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२० कम्पनीको ४ लाख ८५ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८४ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको ९० करोड ८० लाख ३ हजार ६९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उप-समूहहरुमा हरियाली छाएको छ ।
यसैगरी मंगलबारको सेयर बजारमा वरुण हाइड्रोपावरसहित ३९ कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । वरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, न्यादी हाइड्रोपावर, सबैको लघुवित्त, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, गुडविल फाइनान्स, शिवश्री हाइड्रोपावर, युनाइटेड इदी-मर्दी हाइड्रोपावर, कामना सेवा विकास बैंकसहितका लगानीकर्ता पनि मालामाल भएका हुन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः



यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको ९० करोड ८० लाख ३ हजार ६९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, आइसीएफसी फाइनान्स, अपि पावर, अरुण काबेली हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, महालक्ष्मी बिकाश बैंक, मन्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरि कम्पनी र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्