×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

PRIME CA
GLOBAL IME BANK

नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस कम्पनीको ९ करोड ४३ लाख १९ हजार ०४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज १ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैगरी बिहिबारको सेयर बजारमा नेपाल बङ्गलादेश बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा स्वाभिमान लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा ग्रिन लाइफ हाईड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी र हिमालयन पावर पाटनरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । ग्रिन लाइफसहित अन्य ३ कम्पनीको सेयरमा यस्तो गिरावट आउँदा नेपाल हाईड्रो डेपलोपर्स, दिव्यश्वरी हाइड्रोपावर, माउन्टेन हाईड्रो नेपाल, एक्सेल डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस कम्पनीको ९ करोड ४३ लाख १९ हजार ०४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल बङ्गलादेश बैंक, समृद्धि फाइनान्स, अपि पावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक नबिल बैंक, हिमालयन डिस्टिलरी, एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: