×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से परिसूचक घट्दा पनि गोर्खाज र हिमालयन डिस्टिलरीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

PRIME CA

नेप्से परिसूचक घट्दा पनि गोर्खाज र हिमालयन डिस्टिलरीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३१ कम्पनीको ५४ लाख ३९ हजार ०८७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, कृषि विकास बैंक, नबिल बैंक, मञ्जुश्री फाइनान्स, नेशनल हाईड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । माउन्टेन इनर्जीको सेयरमा यस्तो गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, समृद्धि फाइनान्स, लिबर्टी इनर्जी कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा कृषि विकास बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था, शिभ श्री हाईड्रोपावका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: