काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको १४ करोड ५८ लाख ६९ हजार ४२० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैगरी मंगलबारको सेयर बजारमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जानकी फाइनान्स, रसुवागढी हाईड्रोपावर कम्पनी, ग्रिन लाइफ हाईड्रोपावर, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । गोर्खाजको सेयरमा यस्तो गिरावट आउँदा नबिल ब्यालेण्स्ड फण्ड-२, तेह्रथुम पावर कम्पनी, १०% एनएमबि डिबेन्चर २०८५, नबिल डिबेन्चर २०८५, मैलुङ खोला जलविद्युत कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको १४ करोड ५८ लाख ६९ हजार ४२० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, नेपाल टेलिकम, मञ्जुश्री फाइनान्स, एनएमबि बैंक, नेपाल बङ्गलादेश बैंक, छिमेक लघुवित्त विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्