काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको १४ करोड ५८ लाख ६९ हजार ४२० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैगरी मंगलबारको सेयर बजारमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जानकी फाइनान्स, रसुवागढी हाईड्रोपावर कम्पनी, ग्रिन लाइफ हाईड्रोपावर, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । गोर्खाजको सेयरमा यस्तो गिरावट आउँदा नबिल ब्यालेण्स्ड फण्ड-२, तेह्रथुम पावर कम्पनी, १०% एनएमबि डिबेन्चर २०८५, नबिल डिबेन्चर २०८५, मैलुङ खोला जलविद्युत कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको १४ करोड ५८ लाख ६९ हजार ४२० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, नेपाल टेलिकम, मञ्जुश्री फाइनान्स, एनएमबि बैंक, नेपाल बङ्गलादेश बैंक, छिमेक लघुवित्त विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्