काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३८ कम्पनीको १ करोड ०२ लाख ९२ हजार २२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३० करोड ६० लाख ९९ हजार २०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैगरी सोमबारको सेयर बजारमा गोर्खाज फाइनान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सामलिङ पावर कम्पनी, सानिमा लार्ज क्याप फण्ड, मेगा बैंक, महुली समुदायिक लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा जोशी हाईड्रोपावर र घलेम्दी हाईड्रोका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । जोशी र घलेम्दीको सेयरमा यस्तो गिरावट आउँदा सानिमा जनरल इन्स्योरेन्स, जानकी फाइनान्स, गुडविल फाइनान्स, पाचथर पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३० करोड ६० लाख ९९ हजार २०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिभम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, जिवन विकास लघुवित्त, नेपाल पुनर्बिमा कम्पनी, अपी पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, निर्धान उत्थान लघुवित्तको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्