×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्त र एक्सेल डेभलपमेन्टमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता बने निराश !

PRIME CA

सामुदायिक लघुवित्त र एक्सेल डेभलपमेन्टमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता बने निराश !

२२ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेशनल हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड ८८ लाख १५ हजार ९७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यस्तै बुधबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । सामुदायिक लघुवित्त र एक्सेलको सेयरमा यस्तो गिरावट आउँदा ग्रिन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सिंगटी हाईड्रो इनर्जीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः 

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नेशनल हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड ८८ लाख १५ हजार ९७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी, अरुण काबेली पावर नबिल बैंक, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा स्टाण्र्डड चाटर्ड बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लार्ज क्याप फण्ड, नेपाल एसबिआई बैंक, कुमारी इक्वीटी फण्ड, अजोड इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: