×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान लघुवित्तमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता पनि बने निराश !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्वाभिमान लघुवित्तमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता पनि बने निराश !

Artha Sarokar

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजारमा पहिरो गएको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ७९.२३ अंकले घटेर २२८२.०० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३३ कम्पनीको ९६ लाख ७९ हजार ०७२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १३ करोड ०३ लाख ५९ हजार ३०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यस्तै सोमबारको सेयर बजारमा ८ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । जसमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाईड्रोपावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, गुडविल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, आइसिएफसि फाइनान्स, मल्टीपर्पस फाइनान्स रहेका छन् । यस्तै ग्रिन डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दि आरबि हाईड्रोपावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा गोर्खाज फाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा बोटलर्स नेपाल, युनिलिभर नेपाल, माउन्टेन इनर्जी नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १३ करोड ०३ लाख ५९ हजार ३०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, नेपाल पुनर्बिमा कम्पनी, हाइड्रोएलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल टेलिकमको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी