काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४९.०४ अंकले घटेर २५८४.६१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको १२ करोड ४३ लाख ३९ हजार ३०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको १२ करोड ४३ लाख ३९ हजार ३०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, नेशनल हाईड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल बैंक, एनआईसी एशिया बैंक, अपि पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, महिला लघुवित्त वित्तीय संस्था, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा सामलिङ पावर कम्पनी र न्यादी हाईड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा महिला लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक, सबैको लघुवित्त वित्तीय संस्था, एनएमबि बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । कर्पोरेटको सेयरमा यस्तो गिरावट आउँदा मैलुङ खोला जलविद्युत कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, यूनाइटेड ईदी मर्दी आरबि हाईड्रोपावर, गुडविल फाइनान्स, रिलायन्स फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्