×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३७.१८ अंकले घटेर २५०८.९० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३१ कम्पनीको ८३ लाख ३० हजार ०९३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्राईम कमर्शियल बैंकको भएको छ । यस कम्पनीको १२ करोड ३६ लाख ४७ हजार ००८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार प्राईम कमर्शियल बैंकको भएको छ । यस कम्पनीको १२ करोड ३६ लाख ४७हजार ००८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा महालक्ष्मी विकास बैंक, आईसिएफसि फाइनान्स, अपि पावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नबिल बैंक, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, नेशनल हाईड्रोपावर कम्पनी, अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा आईसिएफसि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । आईसिएफसिको सेयरमा यस्तो गिरावट आउँदा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, हिमालयन पाटनर, रिलायन्स फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

  

यसैगरी मंगलबारको सेयर बजारमा सिटिजन्स म्युचअल फण्ड-२ का लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा लक्ष्मी इक्वीटी फण्ड, एनआईबिएल प्रगति फण्ड, सिटिजन्स म्युचअल फण्ड-१, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: