काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, नबिल बैंक, महालक्ष्मी विकास बैंक, नेशनल हाईड्रोपावर कम्पनी, नेपाल टेलिकम, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, लुम्बिनी विकास बैंक, ङादी ग्रूप पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । सामुदायिक लघुवित्त र श्री इन्भेष्टमेन्टको सेयरमा यस्तो गिरावट आउँदा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, घलेम्दी हाईड्रो सबैको लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा सिनर्जी पावर डेभलपमेन्ट र लक्ष्मी एक्वीटी फण्डका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सर्पोट माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सिंगटी हाईड्रो इनर्जी, बोटलर्स नेपाल, युनिभर्सल पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्