काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजारमा पहिरो गएको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ७९.२३ अंकले घटेर २२८२.०० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३३ कम्पनीको ९६ लाख ७९ हजार ०७२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १३ करोड ०३ लाख ५९ हजार ३०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १३ करोड ०३ लाख ५९ हजार ३०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, नेपाल पुनर्बिमा कम्पनी, हाइड्रोएलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल टेलिकमको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा ८ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । जसमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाईड्रोपावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, गुडविल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, आइसिएफसि फाइनान्स, मल्टीपर्पस फाइनान्स रहेका छन् । यस्तै ग्रिन डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दि आरबि हाईड्रोपावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा गोर्खाज फाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा बोटलर्स नेपाल, युनिलिभर नेपाल, माउन्टेन इनर्जी नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्