×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १३७.१८ अंकले बढेर २४१८.८४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२० कम्पनीको ४ लाख ८५ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८४ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको ९० करोड ८० लाख ३ हजार ६९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उप-समूहहरुमा हरियाली छाएको छ ।

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको ९० करोड ८० लाख ३ हजार ६९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, आइसीएफसी फाइनान्स, अपि पावर, अरुण काबेली हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, महालक्ष्मी बिकाश बैंक, मन्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरि कम्पनी र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा वरुण हाइड्रोपावरसहित ३९ कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । वरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, न्यादी हाइड्रोपावर, सबैको लघुवित्त, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, गुडविल फाइनान्स, शिवश्री हाइड्रोपावर, युनाइटेड इदी-मर्दी हाइड्रोपावर, कामना सेवा विकास बैंकसहितका लगानीकर्ता पनि मालामाल भएका हुन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी