काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३१ कम्पनीको ५४ लाख ३९ हजार ०८७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैगरी सोमबारको सेयर बजारमा गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा कृषि विकास बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था, शिभ श्री हाईड्रोपावका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, कृषि विकास बैंक, नबिल बैंक, मञ्जुश्री फाइनान्स, नेशनल हाईड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । माउन्टेन इनर्जीको सेयरमा यस्तो गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, समृद्धि फाइनान्स, लिबर्टी इनर्जी कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्