×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९२.१६ अंकले बढेर २५०७.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३३ कम्पनीको ८१ लाख ०४ हजार ३१९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ६८ करोड ३४ लाख ५० हजार ६५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ६८ करोड ३४ लाख ५० हजार ६५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपर तामाकोशी हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, गोर्खाज फाइनान्स, नबिल बैंक, अपी पावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, शिभम् सिमेन्ट, अपर तामाकोशी हाईड्रोपावर र वरुण हाईड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा स्वाभिमान लघुवित्त वित्तीय संस्था, सगरमाथा इन्स्योरेन्स, आरएसडिसि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । नबिलको डिबेन्चरमा यस्तो गिरावट आउँदा प्रभु सेलेक्ट फण्ड, गोर्खाज फाइनान्स, १०.२५% केबिएल डिबेन्चर २०८६, लक्ष्मी इक्वीटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: