काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ३६ करोड २४ लाख ८४ हजार ८३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ समूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यसैबीच बिहिबारको बजारमा पनि सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ३६ करोड २४ लाख ८४ हजार ८३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा गोर्खाज फाइनान्स, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, जिवन विकास लघुवित्त, अपी पावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, ज्योती विकास बैंक, अपर तामाकोशी हाईड्रोपावर, शिभम् सिमेन्ट, नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा शिखर इन्स्योरेन्स, वरुण हाईड्रोपावर र जिवन विकास लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा नारायणी डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स, शिभम् सिमेन्ट, एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । गोर्खाजको सेयरमा यस्तो गिरावट आउँदा सामलिङ पावर कम्पनी, सिन्धु विकास बैंक, लक्ष्मी उन्नती कोष, हिमालय उर्जा विकास बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्