×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारको बजार अपडेट : यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

आइतबारको बजार अपडेट : यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

११ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७१.२० अंकले बढेर २५९१.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३१ कम्पनीको ८६ लाख ०१ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३२ करोड ०७ लाख ४९ हजार ७३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यसैबीच आइतबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३२ करोड ०७ लाख ४९ हजार ७३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, शिभम् सिमेन्ट, नेपाल टेलिकम, नेपाल पुनर्बिमा कम्पनी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, जिवन विकास लघुवित्त, अपर तामाकोशी हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा पनि गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । गोर्खाजको सेयरमा यस्तो गिरावट आउँदा माउन्टेन इनर्जी नेपाल, सनराइज फस्र्ट म्युचुअल फण्ड, ग्रिन लाइफ हाइड्रोपावर, विशाल बजार कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा प्रभु इन्स्योरेन्ससहित १५ कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्कित लागेको हो । जसमा प्रभु इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, मध्य भोटेकोशी जलविद्युत कम्पनी, प्रिमियर इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्सलयागतका कम्पनीहरु रहेका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: