काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८.९९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २६ करोड ३९ लाख ४३ हजार ५२७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ६ समूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २६ करोड ३९ लाख ४३ हजार ५२७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, मञ्जुश्री फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, शिभम् सिमेन्ट, अपी पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नेपाल हाइड्रो डेपलोपर्स, जानकी फाइनान्स, गुडविल फाइनान्स, घलेम्दी हाइड्रो, श्री इन्भेष्टमेन्ट फाइनान्स, शिभम् सिमेन्टका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । गोर्खाजको सेयरमा यस्तो गिरावट आउँदा सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, यूनाइटेड इदि मर्दि आरबि हाईड्रोपावर, प्रभु सेलेक्ट फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्