×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिभर फल्स पावरको छैठौं वार्षिक साधारणसभा फागुन ६ हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिभर फल्स पावरको छैठौं वार्षिक साधारणसभा फागुन ६ हुने

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको छैठौं वार्षिक साधारणसभा फागुन ६ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी २८ काठमाडौंमा बिहान ११ बजे हुने भएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: