काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा श्रमिकहरुले झेल्नुपर्ने प्रकृयागत समस्यालाई समाधान गर्दै जाने बताउनु भएको छ । सोमवार अन्तर्राष्ट्रिय विमानस्थल निरिक्षणका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री श्रेष्ठले विमानस्थलमा श्रमीकहरुको समस्यालाई समाधान गर्दै जाने बताउनु भएको हो । उहाँले विमानस्थलमा श्रमीकहरुका लागि अर्को दर्जा जसरी छुट्टै लाइन राखिएकोप्रति दुःख व्यक्त गर्दै धेरै कुराको समस्या रहेको अनुभुति भएको बताउनु भयो । मन्त्री श्रेष्ठले इपीएसबाट कोरिया जान लागेका १६४ जना श्रमीकलाई इज्जत र व्यवस्थापनका साथ पठाउनका लागि विमानस्थल पुगेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, ‘आज हामी मन्त्रालयबाट मन्त्रायका सचिव, वैदेशिक रोजगार विभागका डिजी जी, ताहाचल कार्यालय प्रमुख ज्यू, वैदेशिक रोजगार बोर्डका इडी, इपीएस शाखा,विशेष गरी आज कोरियाको ठूलो टिम १६४ जना इपीएसअन्तर्गत कोरिया जाँदै भन्ने भएर उहाँहरुलाई बिदाई पनि गर्ने, सँगै यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर, र जाने कामदारहरुलाई अलि इज्जतसाथ कसरी व्यवस्थापन गरेर पठाउन सकिन्छ भनेर सिंगो मन्त्रालयको टिम नै यहाँ आएका हौँ । हामी अहिले नै यो गर्छौं भन्दैनौँ, तर धेरै कुरा सुधार गर्नुपर्ने अनुभुति भएको छ । पब्लिक र कामदारहरु जाने लाइन, छुट्टै दर्जासरह भएको हो कि जस्तो लागेको छ । यहाँ धेरै कमजोरीहरु देखेका छौँ । भन्दै र सुधार गर्दै जान्छौँ ।’
मन्त्री श्रेष्ठले विमानस्थलमा धेरै कुराहरुको कमी रहेको अनुभूति मन्त्रालयलाई भएको भन्दै क्रमशः कमजोरीहरुको समाधान गरिने बताउनु भयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्