×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स लिमिटेडद्धारा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

GLOBAL IME BANK
SHREE KESH

अजोड इन्स्योरेन्स लिमिटेडद्धारा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

२ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पर्वत । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । मिति २०७८ सालपौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ७,धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको हो ।

जलजला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषिबीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए र सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: