×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सेयर बजार सुन्दर छ’ मा अमृत अर्यालको सुन्दर कथा, बजारमा ८ हजार लगानी गरेर करोड कमाएपछि दिए यस्ता टिप्स…

काठमाडौँ । असारमा उर्लेको भेल, असोजमा उहीँ रहन्न । बैसाखे गर्मी र साउने बर्खाको समय उहीँ हुँदैन । गर्मीमा रमाउनेहरुले बर्खा पनि आउनुछ भन्ने भुल्नु हुँदैन । बर्खामा आत्तिनेहरुले बैसाखको पर्खाईले दिने खुसी बिर्सनु हुँदैन । सेयर बजारको मौसम पनि यस्तै हो । बजारमा कहिले मूल्यको भेल देखिन्छ, कहिले बढोत्तरी र घटोत्तरीको बेमेल । तर सहि समय र समयमा गर्नुपर्ने सहि निर्णयको जानकारले नै सेयर बजारमा सफलता प्राप्त गर्दछ । र त सेयर बजार सुन्दर छ ।
केही सयमा पाइने पित्तल र झन्डै लाख नभई नआउने सुन हेर्दा उस्तै त देखिन्छन्, तर तीनको मूल्य फरक हुन्छ । सुनलाई पित्तल सम्झेर फाल्ने र पित्तललाई सुन सम्झेर राख्ने दुबै असफलताका दाजुभाई हुन् । चिन्नेले पित्तल भनेर फालिएको सुनलाई टपक्क टिप्छ, सुन भनेर भ्रम छरिएको पित्तललाई थपक्क फाल्छ । बस यत्ती बुझ्न सके सेयर बजार सुन्दर छ ।
स्याङ्जाका अमृत अर्याल काठमाडौं आउँदा उनीसँग केहि गर्ने सपनाबाहेक केही थिएन । तर आज उनी करोडौँका मालिक छन् । केही हजारबाट सुरु भएको उनको सेयर बजारको यात्रा अहिले करोडको कसीमा दौडिरहेछ । र त आज हामी सिकेर, बुझेर गरे नसकिने केही छैन भन्ने तथ्यको उदाहरण बनेका उनै अमृत अर्यालको बजार कथा प्रस्तुत गर्दैछौं ।
तिहारमा व्यापार गर्ने फूलामाला, दियो, बत्ती कै हो । तर लक्ष्मी पूजाको भोलिपल्ट त्यसको खास माग हुँदैन । जाडोमा ज्याकेट र गर्मीमा टिशर्टको व्यापार गर्न र सिजन सकिनै लाग्दा स्टक क्लियरेन्स गर्न जान्नेहरुले नै व्यापारमा सफलता पाउने हुन् । यो त महंगो सामान हो अहिले बेच्नु हुँदैन भनेर मुर्खता गर्नेहरुले कि अर्को सिजन पर्खनुपर्छ कि घाटा ब्यहोर्नुपर्छ । हरेक ट्रेडरले बुझ्नुपर्ने तथ्य यहि हो । लगानी गर्नेहरुका लागि त सिजन आइ नै रहन्छ, समयले मौका दिइरहन्छ । किनकी अलिअली आँसु र छटपटी, तर यथार्थमा नयाँ जीवन सुरुवातको असीम खुसी…मन्डपमा बसेकी बेहुलीजस्तै,सेयर बजार सुन्दर छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: