काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अरुण भ्याली हाइड्रोपावरले ७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १०.१०% धेरै हो । गत वर्ष यसले ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ करोड ५३ लाख रुपैयाँबाट बढेर ७ करोड १८ लाख पुगेको छ । यसले गर्दा नाफा वृद्धि गर्न सहयोग पुगेको देखिन्छ । यस्तै, कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ३२.३१% ले बढेर ४ करोड २ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ३ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ५२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६६ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्