काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आज बुधबारदेखि आफ्नो स्वामित्वमा रहेको ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले ३ वाणिज्य बैंकसहित अन्य ४ कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
कम्पनीले कुमारी बैंकको २ लाख, प्राइम बैंकको ६० हजार ६७५, प्रभु बैंकको ४६ हजार, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख, आइसीएफसी फाइनान्सको ५० हजार, नेपाल इन्स्योरेन्सको ५० हजार र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर पनि लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले कुमारी बैंकको सेयरमा न्यूनतम १७५ रुपैयाँ, प्राइम बैंकको सेयरमा न्यूनतम १९० रुपैयाँ, प्रभु बैंकको सेयरमा १७५, नेसनल लाइफ इन्स्योरेन्सको सेयरमा न्यूनतम ३९४, आइसीएफसी फाइनान्सको सेयरमा न्यूनतम २५०, नेपाल इन्स्योरेन्सको सेयरमा न्यूनतम ४५० र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ४०० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिनुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने यसमा माघ ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।
लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्