Skip to content
LAXMI SUNRISE BANK

बजाजको नयाँ सर्भिस सेन्टर अब गुसिङगाल, कुपण्डोलमा संचालन

अर्थ सरोकार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर “गुसिङगाल मोटर साइकल सर्भिस सेन्टर” खोलेको छ ।

नेपालमा सबभैन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यलेगुसिङगाल, कुपण्डोलमा पनि सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ ।

मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी गारिएको छ । एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको छ । नयाँ सर्भिसिङ सेन्टरले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस्तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहको छ । नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिका जनरल म्यानेजर योगेन गुरुङले भने, “हामी कुपण्डोलमा नयाँ शोरुम उद्घाटन गर्न पाउदा यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन् ।”

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK