×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकहरुमा चिन्ताजनक रुपमा बढ्न थाले कोरोना संक्रमित, धमाधम बन्द हुन थाले शाखा !

काठमाडौँ । कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुमा पनि संक्रमितको संख्या बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा आवद्ध कर्मचारी र सेवाग्राहीमा संक्रमण देखिन थालेको हो । केहि समय घटेको कोरोनाको ग्राफ अहिले एकैपटक ह्वात्तै बढेपछि बैंकहरुमा चिन्ताजनक रुपमा बढ्न कोरोना संक्रमित बढ्न थालेका हुन् । जससंगै बढी भिड र संक्रमित हुने बैंकका शाखा बन्द हुन थालेका छन् ।
यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संक्रमणको तेस्रो लहर समुदाय स्तरमा पुगेको भन्दै सचेत रहन सूचना जारी गर्दै आइरहेको छ भने सरकारले पनि विभिन्न स्थानमा कडाइ गरेको छ । सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्नुका साथै होटल छिर्दा, प्लेन चढ्दा र फिल्म हेर्न जाँदा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । यता राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाएर सेवा प्रवाह गर्न निर्देशन दिईसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: