Skip to content
LAXMI SUNRISE BANK

बैंकमा जाँदै हुनुहुन्छ ? खोप कार्ड अनिवार्य छ है !

अर्थ सरोकार

काठमाडौँ । आज शुक्रबारदेखि बैंक तथा वित्तीय संस्थाहरुमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेसंगै सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएकोसँगै  बैंक तथा वित्तीय संस्थाहरुमा पनि खोप कार्ड अनिवार्य गरिएको हो ।
सरकारले आजबाट यो ब्यबस्था लागु गरेको हो । खोप कार्ड नभएकाहरुले आफ्नो खोप कार्डको फोटो मोबाइलमा देखाएर सेवा लिन सक्नेछन् । यस्तै आजबाट भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने कार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्नु पर्छ भने खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्नुपर्छ ।
साथै काठमाडौँमा आज रातिबाट सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK