×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुमा निक्षेप बढ्दै : एक सातामै वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढ्यो, सीडी रेसियो भने ९० प्रतिशत माथि नै !

PRIME CA
GLOBAL IME BANK

बैंकहरुमा निक्षेप बढ्दै : एक सातामै वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढ्यो, सीडी रेसियो भने ९० प्रतिशत माथि नै !

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघले  एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको जनाएको हो ।
वाणिज्य बैंकहरुको निक्षेप बढेर पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ आइपुगेको हो । यद्यपि वाणिज्य बैंकहरुले पुस ९ गतेसम्म ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
यता यस अवधिमा बैंकको कर्जा प्रवाह पनि ११ अर्ब रुपैयाँले बढेको छ । वाणिज्य बैंकहरुले पुस १६ गतेसम्म ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी थिए । पुस ९ गतेसम्म ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी रहेको थियो ।
यता वाणिज्य बैंकहरुको औषत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अझै राष्ट्र बैंकले तोकेको ९०% सीमा भन्दा माथि रहेको छ । बैंकर्स संघले पुस १६ गतेसम्म सीडी रेसियो ९१.०२% रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: