काठमाडौं । ५ बैंकको अर्बौं ऋण लिएर मदिरा व्यवसायी अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि मेगा बैंकले उनीहरुको जग्गा लिलामीमा राखेको छ । बैंकले बुधबार सूचना जारी गर्दै अग्रवाल दाजुभाइको कलंकीमा रहेको जग्गा लिलामी गर्ने जनाएको हो । बैंकले अग्रवाल दाजुभाइसहित अन्य जमानीकर्ता रजनी अग्रवाल, ओमप्रकाश अग्रवाल र उषा अग्रवालको नाम सूचना निकालेको हो ।
अग्रवाल दाजुभाइले सो बैंकबाट २५ करोड ऋण लिएका थिए । बैंकले लिलामीका लागि बोलपत्र माघ १९ गतेसम्म दिन सकिने जनाएको छ भने सो बोलपत्र माघ २० गते खोलिने छ । २० गतेअघि उनले बैंकको ऋण नबुझाए सम्पत्ति लिलाम हुनेछ ।
उनीहरुले एभरेष्ट बैंकबाट २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट २ करोड, ग्लोबल आइएमइ बैंकबाट १८ करोड ऋण लिएर फरार भएका हुन् । यसबाहेक मिटर ब्याजमा पनि ऋण लिएका छन् । मिटर ब्याजीले मार्ने धम्की दिएपछि उनीहरु बेपत्ता भएको बताइएको छ । साथै उनीहरुले भाग्नु अघि अर्ब बढीको सेयर बेचेको पनि पाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्