काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अर्थतन्त्रको अवस्था धोस्त भएको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले अर्थतन्त्रको अवस्था धोस्त भएको बताएका हुन् ।
आफ्नो पालामा यस्तो समस्या नभएको बताउँदै उनले अहिलेको सरकारको पालामा बैंकबाट लोनसमेत नपाइने बताए । ‘अर्थतन्त्रको अवस्था धोस्त छ, बैंकमा गए लोन पाईँदैन ।’ उनले भने ‘हामी हुँदा हामिले पैसा छैन भनेर कहिल्यै गित गाउनु परेन ।’
साथै उनले आफ्नो पालामा टनेल युगमा देशलाई प्रवेश गराएको पनि बताए । ‘हाम्रो पालामा बाटो, पुल, एयरपोर्ट, सुरुङ्गलगायतका सबै बने ।’ उनले भने । ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको गम्भिर आरोपसमेत लगाए । उनले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौंताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाईदा पु¥याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्