काठमाडौं । वाणिज्य बैंकमा कार्यरत ६ हजार २१३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । नेपाल बैंकर्स संघका अनुसार सोमबारसम्म वाणिज्य बैंकमा कार्यरत ६ हजार २१३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । जससंगै १४२ शाखा कार्यालयको सेवा ठप्प भाएको छ ।
पछिल्लो समय संक्रमणको दर ह्वात्तै बढेसंगै बैंकिङ क्षेत्रमा पनि यो संख्या तिब्र रुपमा बढेको हो । संघका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा विभिन्न वाणिज्य बैंकका ९४ वटा शाखा कार्यालय बन्द भएका छन् । प्रदेश नम्बर १ मा १४ वटा कार्यालय, गण्डकी प्रदेशमा १३ वटा, लुम्बिनी विभिन्न प्रदेशमा वाणिज्य बैंकका ८ वटा शाखा कार्यालय बन्द भएका छन् ।
यस्तै मधेश र सुदुरपश्चिम प्रदेशमा ५/५ वटा र कर्णाली प्रदेशमा ३ वटा शाखा कार्यालय बन्द रहेका छन् । सबैभन्दा बढी एनआईसी एशिया बैंकका ३५ , नबिल बैंकका १९ वटा, प्राइभ बैंक र राष्ट्रिय वाणिज्य बैंकका १५/१५, प्रभु बैंकका ९, सेञ्चुरी बैंकका ८, सिभिल र मेगा बैंकका ७/७, सनराइज बैंकका ६, ग्लोबल आईएमई बैंकका ४, नेपाल इन्भेष्टमेन्ट, एनएमबि र सिद्धार्थ बैंकका ३/३, कुमारी र माछापुछ्रे बैंकका २/२, नेपाल बंगलादेश बैंकको १ वटा शाखा कार्यालय बन्द भएको छ ।
अहिले दैनिक १० हजार बढीमा कोरोना संक्रमण पुष्टी हुन थालेको छ । यसैबीच बैंक तथा वित्तीय संस्थाहरुलाई भने सतर्कता अपनाएर सेवा दिन नियामक निकाय नेपाल राष्ट्र बैंकले निर्देशन दिईसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्