×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भ्रष्टाचारी’ विष्णु न्यौपानेको बदमासी सिरिज : जगदम्बा सिमेन्ट भनेर कमसल धुलो बेचे, सेयर बजारको बदनाम गरे, बल्ल फसे !

काठमाडौँ । केहि समय अघि जगदम्बा सिमेन्ट गुणस्तरहीन प्रमाणित भयो । नापतौल तथा गुणस्तर विभागले सो सिमेन्ट बेच्न प्रतिबन्ध लगायो । तर जगदम्बा सिमेन्टका मालिक विष्णु न्यौपानेको सेटिङका कारण सो सिमेन्टलाई कारवाही भएन । यसो त सो सिमेन्ट गुणस्तरहीन प्रमाणित पहिलोपटक भएको थिएन । पटक पटक सो सिमेन्टमा सरकारी निकायले नै खोट निकालेर सिमेन्ट प्रयोग गर्न लायक नभएको बताएको थियो । तर पनि जगदम्बा सिमेन्ट विक्री भईरह्यो । सो सिमेन्ट विभागले भनेअनुसार न बजारबाट फिर्ता भयो, न विक्री वितरण रोकियो । ‘मेरो देश मेरो जगदम्बा’ भनेर देशको नाम बेचेर सिमेन्टका नाममा कमसल धुलो बेच्न पल्केको जगदम्बाका मालिक न्यौपानेले निरन्तर ‘माथि मिलाएर’ जनतालाई जोखिममा पारिरहे ।
नेपाल गुणस्तर तथा नापतौल बिभागबाट विभिन्न मितिमा सो कम्पनीले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको नेपाल गुणस्तर चिह्न ३८५ रहेको पीपीसी सिमेन्टको संकलित नमूना परीक्षण गर्दा नमुनाको कम्प्रिहेन्सिभ स्ट्रेन्थ MPA ३ र ७ दिनको मान क्रमशः १५ र २० (हुनुपर्ने क्रमशः १६ र २२ ) देखिएको र उक्त मापन नेपाल गुणस्तर ३८५ अनुसार नभएको भन्दै पटक पटक सो सिमेन्टलाई विक्री वितरणमा रोक लगाएको थियो । कम्प्रिहेन्सिभ स्ट्रेन्थ मानअनुसार नभएमा सिमेन्ट बलियो भएर जम्न नसक्ने, इँटासँग पकड कमजोर हुनेजस्तो गम्भीर समस्या देखिनेजस्ता कारण सो सिमेन्ट प्रयोग नगर्न सरकारी निकायले नै उर्दी जारी गर्नुपर्यो । तर विभागले पटक पटक गुणस्तरहीन भनिरहने तर जगदम्बा मतलव नगर्ने सिलसिला चलिरह्यो । विभाग पनि सिमेन्टलाई गुणस्तरहीन प्रमाणित गर्थ्यो र केहि दिनपछि चुप लाग्थ्यो । फेरी केहि समयमा गुणस्तरहीन प्रमाणित गर्थ्यो र फेरी केहि समयपछि चुप लाग्थ्यो । यसले विभाग र सिमेन्टबीचको बार्गेनिङले सबैकुरा सेटिङमै चलेको छ भन्ने प्रमाणित गर्छ । अनि कारवाहीका नाममा विभागले स्पष्टीकरण सोधेजस्तो, जगदम्बाले स्पष्टीकरण दिएजस्तो मात्र भईरह्यो, लामो समय र अहिले पनि त्यहि भईरहेको छ । यसो त उनी नै मालिक भएको अर्को कम्पनी जगदम्बा स्टीललाइ गुणस्तरहीन छड बेचेको अभियोगमा विभागले पटक पटक कारबाहीको नाटक मन्चन गर्यो । सुरुमा गुणस्तरहीन प्रमाणित भएको सिमेन्ट र डण्डी न्यौपानेको सेटिङपछि कुनै कारवाही भोग्नुनपर्ने गरी बजारमा निस्फिक्री बिक्री वितरण भईरह्यो । जसका कारण जगदम्बा सिमेन्ट प्रयोग भएका धेरै संरचनाहरु चर्किन थालेका छन् । देशभरजसो सो सिमेन्टले निर्माण भएका संरचनाहरुमा समस्या देखिएको छ । तर देश बनाउने झुटो प्रचारबाजी गरेर कम्पनीले देश र जनतामाथि घात गरिरहँदा पनि ठुलो व्यवसायिक घराना भएकै कारण सरकारले न्यौपानेलाई कारवाही गर्न सकेन ।
जनता झुक्याउने अनौठो तरिका !
कम्पनीले जनता झुक्याउन र आफ्नो कालो कर्तुत अरुले थाहा नपाउन् भन्नका लागि अनेक हतकण्डा अपनाउने गरेको छ । उदाहरणका लागि जगदम्बा पछिल्लो समय गुणस्तरहीन प्रमाणित भएपछीको केसलाई लिन सकिन्छ । हुन त जगदम्बा सिमेन्ट एक पटक होइन, दुई पटक होइन, विभागले नै आधा दर्जन बढी पटक गुणस्तरहीन प्रमाणित गरिसकेको कसमल सिमेन्ट हो । तर सिमेन्टका नाममा कमसल धुलो बेच्ने बरु विभिन्न निकायलाई ‘मिलाउने’ काम गर्न खप्पिस कम्पनीले केहि समय अगाडी जगदम्बा सिमेन्ट गुणस्तरहीन प्रमाणित भएपछी पनि विभागका पदाधिकारीहरुलाई मिलाएरै छोड्यो । जसका कारण बजारबाट फिर्ता हुनुपर्ने उसका गुणस्तरहीन सिमेन्टका बोराहरु फिर्ता भएनन् । विभागलाई त मिलाइयो । तर मिडियामा त छ्यापछ्याप्ती जगदम्बा सिमेन्ट गुणस्तरहीन भएको समाचार आउन थालेपछि कम्पनीले अर्को एक प्रोडक्टको विज्ञापन गर्न लगाएर थुप्रै मिडियामा सो समाचार रोक्न लगायो । केहि ठुला भनिएका मिडियाहरुले जगदम्बाको सो कालो कर्तुतलाई अर्को एक विज्ञापन पाएकै भरमा समाचार बनाएनन् । यो आइडिया पनि न्यौपानेकै थियो । जब जब जगदम्बा सिमेन्ट गुणस्तरहीन प्रमाणित हुन्छ, तव तव सोहि कम्पनीका अरु प्रोडक्टको विज्ञापनले संचारमाध्यम छाउँछ । यस्तो बाङ्गो बुद्धि लगाएर जगदम्बा सिमेन्टका मालिक विष्णु न्यौपानेले निरन्तर जनतामाथि घात गरिरहेका छन् ।
बुक बिल्डिङलाई नै बदनाम गरे, सेयर बजारमा थुप्रैको करियर सिध्याए…
विष्णु न्यौपाने तिनै पात्र हुन्, जसले सर्वोत्तम सिमेन्ट कम्पनीको आइपीओ बुक बिल्डिङ विधिबाट ल्याउने भनेर धेरैको करियर नै खाइदिए । सो कम्पनीको आइपीओ ल्याउने नाममा तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई गोल्डेन सेयर दिएजस्तो गर्दा बोर्डका अध्यक्षको पद नै गयो । उनी अहिले मुद्धा मामिलामा त छन्। तर छानविन समितिले उनको खातामा अस्वाभाविक कारोबार देखिएको प्रतिवेदेन तयार गरेको छ। र सो रकम सर्वोत्तम सिमेन्ट कम्पनीबाटै घुसको रुपमा त्यहाँ गएको हो वा अजोड इन्स्योरेन्स प्रकरणको घुस हो भन्ने कुरा अहिले अनुसन्धानको विषय बनेको छ । उनले नै बुक बिल्डिङमा गलत अभ्यास गर्दा नेप्सेका प्रमुख चन्द्र सिंह साउदले पनि पदबाट राजिनामा दिनुपर्यो । समग्रमा भन्दा बुक बिल्डिङमा उनको पहिलो पाइला नै सेयर बजारका लागि ‘लोदर’ बन्यो । उनकै कारण सेयर बजारमात्र बदनाम भएन बरु, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यबाट राजीनामा दिनु पर्यो । अहिले बुक बिल्डिङबाट सेयर निष्काशन गर्ने निर्णय गरेर बसेका रिलायन्स स्पिनिङ मिलदेखि डिस होम र अर्घाखाँची सिमेन्टको निष्काशन प्रक्रिया समेत उनकै कारण अलमलमा परेको दाबी उद्योगीहरु गर्छन् ।
चुनावमा करोड बाँडेर अर्व कमाउँछु भन्दा जनतालाई घात !
आखिर न्यौपानेको यत्रो पावर कसरी बन्यो त ? कुरा सामान्य छ । उनले अघिल्लो चुनावमा विभिन्न राजनीतिक दललाई मोटो रकम चन्दा दिएका थिए । यसरी आफुले चन्दा दिएर जितेका मान्छे सत्तामा पुगेपछि उनले कसैलाई टेर्ने कुरै भएन । नेपाल गुणस्तर तथा नापतौल विभागका कर्मचारी पनि जगदम्बा सिमेन्ट गुणस्तरहीन प्रमाणित भएपछी न्यौपानेको नाम लिएर कुनै पनि कारवाही नगर्न ठुलै नेताबाट फोन आउने गरेको बताउँछन्। साथीभाईको जमघटमा पनि उनी ‘नेतालाई करोड दिएर अर्व कमाउने देश नेपाल नै हो’ भन्ने गरेका छन् । जगदम्बा सिमेन्ट गुणस्तरहीन भएको बारे एक जमघटमा उनले अपुग गुणस्तरको पैसा नेतालाई चन्दा दिएर सक्किएको भन्दै ठट्टा गरेको चर्चा चौतर्फी रुपमा छ । यसरी नेतालाई पोल्टामा राखेर अर्व कमाउँछु भन्दा विष्णु न्यौपानेले निरन्तर जनतालाई घात गरिरहेका छन् ।
बल्ल परे ‘विष्णु दाई’, माकुरी जालैमा…
बजारमा उनलाई सबैले विष्णु दाई भन्छन् । तर बाहिर बाहिर सबैजसो उद्योगीले उनको कुरा काट्छन् । व्यवसायमै पनि उनी निकै अप्राकृतिक प्रतिष्पर्धा गर्ने व्यक्ति भन्दै धेरैले उनको उछितो काट्छन् । हुन पनि कमसल सिमेन्ट बेच्नेमात्र होइन, उनी त देशको खानी नै दोहन गर्ने ‘हरामी’ रहेछन् । राज्यको सम्पत्ति लुटेर खान पल्किएका न्यौपाने अन्तत: जालमा फसेका छन् । पाप धुरी बाट कराउँछ भनेजस्तै लामो समयदेखि राज्यको सम्पत्ति दोहन गरेर रातारात भुँडी फुलाउने न्यौपानेको पाप अन्तत: धुरीबाट नै कराएको छ । खानी तथा चुनढुंगाको अधिक दोहन गरेको भन्दै उनीविरुद्ध अख्तियारले भष्ट्रचार मुद्दा दर्ता गरेपछि अहिले उनी जेल नाजानुपरे हुन्थ्यो बरु बिगो त म जति भएपनि तिर्छु भन्दै हारगुहार गैरहेका छन् । अख्तियारले विशेष अदालतमा मुद्धा दायर गर्दै उनीविरुद्ध कैदकोसमेत मागदाबी गरेको छ । अदालतसँग नै सेटिङ नभए विष्णु दाई कन्फर्म जेल जान्छन् भनेर उनका साथीहरु नै भन्न थालिसकेका छन् । आफुविरुद्ध मुद्धा दायर भएपछी अहिले उनी विभिन्न माध्यमबाट शक्तिकेन्द्र धाईरहेका छन् । उनीविरुद्ध १६ करोड ३१ लाख ८१ हजार ६१६ रुपैयाँ बिगो कायम गरिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: