Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूको बिओके एनआरएन निक्षेप खाता सार्वजनिक, गैरआवासीय नेपालीहरुको लागि बैंकिङ सुबिधाहरु प्रदान गर्ने उद्देश्य

अर्थ सरोकार

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।

विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहनुभएका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिनुहुन बैंकले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीहरुले यस बैंकमा USD, EUR, GBP, AUD, CAD, तथा JPY  मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् ५.५% सम्मको वार्षिक ब्याजदर पाउनेछन् ।

साथै, गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोल्नु भएमा बैंकले विशेष बैंकिङ सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङको अनुभव लिन पाउनुहुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK