×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दलाल नम्बर ५८ को दाबीसहितको प्रेस विज्ञप्ति- `ग्राहकहरु भ्रममा नपर्नू´

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

दलाल नम्बर ५८ को दाबीसहितको प्रेस विज्ञप्ति- `ग्राहकहरु भ्रममा नपर्नू´

काठमाडौँ । सेयर ब्रोकर नम्बर ५८ ले आफुमाथि प्रहरीको अनुसन्धानबारे समाचारको खण्डन गरेको छ । ब्रोकर हाउस नासा सेक्युरिटिजले एक प्रेस  विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेको हो । बैंकको अर्व बढी ऋण नतिरी भागेका व्यवसायी ओम प्रकाश अग्रवालसँग आर्थिक कारोबार भएको भन्दै सिआइबीले सो ब्रोकरमाथि अनुसन्धान गरेको विषयमा समाचार सार्वजनिक भएको थियो ।
यता प्रहरी स्रोतले भने ब्रोकर नम्बर ५८ र भागेका ऋणीबीच आर्थिक कारोबार भएको देखिएकोले मिटर ब्याजमासमेत संलग्न को को छन् भन्ने विषयमा खोजी गर्दै जाँदा सो ब्रोकरमाथी पनि अनुसन्धान जारी रहेको दाबी गरेको छ ।
‘हामी अनुसन्धानमै छौं । अनुसन्धान जारी रहेकाले धेरै कुरा भन्न मिल्दैन । त्यसमाथी प्रवक्ता बाहेक अरुले धेरै कुरा बोल्न हामीले पनि मिल्दैन ।’  सिआइबी स्रोतले भन्यो,  ‘हाम्रो आन्तरिक अनुसन्धानबारे सो ब्रोकरलाई जानकारी हुनुपर्छ भन्ने छैन ।   तपाईंहरु सेयर बजारकै समाचार लेख्ने हुनाले प्रसंगबस् अनुसन्धान भईरहेको बताएका हौँ । थप कुरा बोल्न हामीले मिल्दैन । तर विज्ञप्ति मैले पनि पढेँ, समाचार पनि हेरेँ । अब सत्य तथ्य के हो केही समयमा आइहाल्छ ।’
व्यवसायी अग्रवालले केहि समय अगाडि अर्व बढिको सेयरसमेत बेचेको खुलासा भएको थियो । तर सो सेयर भने अर्कै ब्रोकरबाट कारोबार भएको देखिएको छ । यहि विषयलाई पनि नासाले प्रष्ट पारेको छ । नासाले विज्ञप्तिमार्फत आफुकहाँ अग्रवालको डिम्याट खाता नै नरहेको विज्ञप्तिमार्फत बताएको छ ।
यता सेयर कारोबार अन्त गर्ने भएपनि ब्रोकर नम्बर ५८ का संचालक र व्यवसायी अग्रवालबीच अन्य कारोबार भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समाचारको आशय थियो । यसै विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: