×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे हाइड्रोपावरको वित्तीय अवस्था कस्तो ?

PRIME CA

चिलिमे हाइड्रोपावरको वित्तीय अवस्था कस्तो ?

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चिलिमे हाइड्रोपावरको नाफा २.२४% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २.२४% ले बढेर ४० करोड १२ लाख ३० हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३९ करोड २४ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २.३५% ले घटेर ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट यसले ६३ करोड ९९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै  यसअवधिमा खुद ब्याज आम्दानी ७५.५४% ले बढेर ३ करोड ८२ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष ४५ करोड १३ लाख ३२ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी यो वर्ष ४२ करोड ६० लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५७ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: