काठमाडौँ। कैलाश बिकास बैंकमा भएको किर्ते काण्डमा दोषीमाथि कारवाही नगरी उल्टै अहिले कैलाश बिकास बैंक मर्ज भएको प्राइम कमर्सियल बैंक लिमिटेडका उच्च तहका कर्मचारीले सो घटनालाई लुकाउन खोजेको भन्दै ऋणी ऋणी लीला कंडेल दोषीमाथि हदैसम्मको कारवाही गरी पाउँ भनी सीआइबीमा समेत उजुरी दिएकी छिन् । केहि समय अगाडी बैंकको स्याङ्जास्थित शाखाका एक कर्मचारीले ऋणीको किर्ते हस्ताक्षर गरेको प्रमाणित भएको थियो । सो प्रकरणमा यस्तो गलत धन्दा गर्ने कर्मचारीलाई बैंकले निकालेको थियो भने तत्कालीन कैलाश बिकास बैंकका सो शाखाका ब्रान्च मेनेजरसमेत बर्खास्तीमा परेका थिए । हाल सो शाखा प्राईम कमर्सियल बैंक वालिङ शाखा बनेको छ ।

भएको के थियो ?
तत्कालीन कैलाश बिकास बैंकका कर्मचारीले हस्ताक्षरनै किर्ते गरी आफ्नो श्रीमान मरेको बेलामा एक बृद्ध आमाको सम्पत्ति लिलाम गर्ने बदनियत बोकेर किर्ते हस्ताक्षर गरेको आरोप सो परिवारले लगाउंदै आएको छ । यसो त तत्कालीन कैलाश बिकास बैंकका सीइओले समेत आफ्ना कर्मचारीले बदमासी गरेको सार्वजनिक रुपमै स्वीकारेका थिए । तर बर्षौं हुँदा पनि आफुले न्याय नपाएको भन्दै ऋणी अहिले सीआइबी पुगेकी छिन् । ऋणीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा २० कार्तिक २०७८ उजुरी दिएकी छन् । पछिल्लो समय आफ्नो किर्ते हस्ताक्षरबारे छानविन हुनुपर्नेमा उल्टै आफुलाई विभिन्न खालका धाक धम्की आउने गरेको भन्दै ऋणी सीआइबीसम्म पुगेकी हुन् ।
हेर्नुहोस् भिडियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्