काठमाडौं । नियामक बीमा समितिले पोषकराज पौडेललाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सीइओमा निरन्तरता दिने निर्णय स्वीकृत गरेको छ ।
कम्पनीको सञ्चालक समितिले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिको लागि बीमा समिति समक्ष स्वीकृतका लागि प्रस्ताव पेस गरेको थियो ।
पौडेलसँग बहुर्राष्ट्रिय कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स (मेटलाइफ)मा समेत काम गरेको अुनभव छ । उनी जीवन बीमक संघका उपाध्यक्षसमेत हुन् ।