काठमाडौं । डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागिकार्ड लेस क्यास विड्रल (Cardless Cash Withdrawal)सेवाकोे सुरुवात गरेको छ ।
यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधीमा मोबाइलमा पासवर्ड (OTP)प्राप्त गरि सो पासवर्ड(OTP), निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरि पैसा निकाल्न सकिने छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामासमेत एटिएमबाट पैसा निकाल्न सकिने छ ।
शुक्रबार एक समारोहकाबीच उक्त सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बैंकिङको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताएका छन् ।
उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भईसकेको बताए । बैंकले यस अघि मोबाइलबाटै खाताको बिबरण हेर्ने, बिभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्ने जस्ता सुबिधा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स बैंकले १७४ वटा शाखाहरुबाट करीब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा दिंदै आएको छ । बैंकले निकट भविष्यमा काठमाडौं उपत्यकामा ६ वटा शाखा विस्तार गर्दै छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्