×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकले गर्यो कमालको प्रगति, खुद नाफा १४८.४१ प्रतिशतले बढाएर ५० करोड ४० लाख रुपैयाँ कमाउन सफल

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिभिल बैंकले खुद नाफामा कमालको प्रगति गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक गर्दै नाफा १४८.४१% ले बढेर ५० करोड ४० लाख रुपैयाँ पुगेको जनाएको हो ।  गत वर्ष बैंकले २० करोड २८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज ५७.०२% र सञ्चालन नाफा १७१.४६% ले बढेको पनि जनाएको छ । गत वर्ष ९३ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकको यो त्रैमासमा बढेर १ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ । यस्तै सञ्चालन नाफा पनि २६ करोड ९७ लाख रुपैयाँबाट बढेर ७३ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।
यता पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६९ करोड ७९ लाख रुपैयाँ हुँदा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३९ पैसा रहेको छ । बैंकले यो अवधिसम्म आउँदा ९१ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ४२ करोर्ड रुपैयाँ कर्जा लगानी गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: