Skip to content
LAXMI SUNRISE BANK

सिभिल क्यापिटलले कर्मचारीहरुलाई दियो कार्यक्षमता अभिवृद्धि तालिम, उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने प्रतिबद्धता

अर्थ सरोकार

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले संस्थामा कार्यरत कर्मचारीहरुलाई पिकनिकको मनोरञ्जनका साथै कार्यक्षमता अभिबृद्धि सम्बन्धी अन्तरक्रिया तथा तालिम कार्यक्रम गोरखा जिल्लाको सदरमुकाममा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहभागी २६ जना कर्मचारीहरुलाई क्यापिटलका कर्मचारी विभागका प्रमुख मणिराज काफ्ले तथा प्रमुख कार्यकारी अधिकृत झनकरकाज ढुंगेलले सकारात्मक रुपमा ग्राहकहरुलाई चुस्त दुरुस्त के कसरी सेवा प्रदान गर्ने, अनुशासित कसरी रहने, कार्यक्षमता कसरी अभिबृद्धि गर्ने, व्यवसायिक रुपमा संस्थालाई अगाडि बढाउन के कस्तो योगदान जरुरी हुन्छ जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा संस्थामा कार्यरत व्यवस्थापन तहका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

छिटो छरितो तथा ग्राहकमुखि सेवा दिँदै दिनानुदिन ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने संस्था प्रतिबद्ध रहेको छ । संस्थाले निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, डीम्याट (डीपी) सेवा, शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा प्रमुख कार्यकारी अधिकृत श्री झनकराज ढुंगेलले वताउनु भयो । संस्थाले विगत दुई वर्ष अघिसम्म करिब ३३,००० को संख्यामा रहेका डिम्याट खाताको ग्राहक संख्यालाई छोटो समयमा नै उल्लेख्य रुपमा बढोत्तरी गरी हाल १,०५,००० पुर्याउन सफल भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK