×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल लघुवित्तको खुद नाफा ३६.८७% ले बढ्यो, खुद ब्याज आम्दानी पनि ६७.६१% ले बढ्दा अन्य सुचकको अवस्था कस्तो ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३६.८७% ले बढेर ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ७४ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

यस्तै, खुद ब्याज आम्दानी ६७.६१% ले बढेर ११ करोड ८४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ७ करोड ६ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ४०.१६% ले बढेर ५ करोड ६९ लाख ६० हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ३६ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: