काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।बैंकको यो नाफा गत वर्षको भन्दा १२.७९% ले थोरै हो । गत वर्ष यसले ९६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद ब्याज आम्दानी १२.५०% ले बढेको र सञ्चालन नाफा भने १२.७४% ले घटेको जनाएको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड रुपैयाँ छ । यो गत वर्षको भन्दा २६४.२८% धेरै हो ।
साथै बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः ३.१२% र ११.७२% ले बढेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८३ पैसाले घटेर १७ रुपैयाँ ८ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने २२१ रुपैयाँ ११ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्