×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड माइक्रोफाइनान्सले कमायो ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ नाफा, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

PRIME CA
GLOBAL IME BANK

फरवार्ड माइक्रोफाइनान्सले कमायो ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ नाफा, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

१७ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आकर्षक प्रगति गर्न सफल भएको छ । यसअवधिमा कम्पनीको खुद नाफा १०३.५८% ले बढेर ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै खुद ब्याज आम्दानी २२.७३% ले बढेर ७३ करोड ८२ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६० करोड १५ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा १००.२९% ले बढेर ७० करोड ८२ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३५ करोड ३५ लाख ९६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ५४ पैसाले बढेर १४६ रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो वर्ष संस्थाको प्रतिसेयर आम्दानी ८९ रुपैयाँ ९३ पैसा थियो । प्रतिसेयर नेटवर्थ ३७४ रुपैयाँ ८२ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: