×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा सबैभन्दा उच्च, प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा ! (विस्तृत विवरणसहित)

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकले सबैभन्दा उच्च नाफा गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १५.०४% ले बढेर २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ पुगेको जनाएको हो । जुन सबैभन्दा धेरै नाफा हो ।
गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, वितरणयोग्य नाफा बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा भने वितरणयोग्य नाफा १ अर्ब ४३ करोड रुपैयाँ थियो ।
पुस मसान्तसम्म आइपुग्दा  बैंकको खुद ब्याज आम्दानी ०.४९% र सञ्चाल नाफा १३.५७% ले बढेको छ भने प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेकोछ । प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: